नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्नुपर्छ : प्रधानमन्त्री

हिमाल प्रेस २५ कार्तिक २०८० ११:३८ | Saturday, November 11, 2023
नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन्।

शनिबार पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवस कार्यक्रममा उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए। उनले नेपाल संवत् ११४४ आउँदै गरेको भन्दै अब राष्ट्रिय संवत् मात्रै भनेर मात्रै नपुग्ने धारणा राखे।

उनले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको स्मरण गरे। ‘पद्मरत्नजीले नै मलाई भन्नुभयो, नेपाल संवत् नै राष्ट्रिय संवत् हो’, प्रचण्डले भने, ‘त्यसपछि मैले पहिलो पटक नै प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवतलाई राष्ट्रिय संवतका मान्यता दिएँ ।’

प्रधानमन्त्री दाहालले अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एकथरीले प्रश्न उठाइरहेको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गर्ने दाबी गरे।

प्रकाशित: २५ कार्तिक २०८० ११:३८ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast