काठमाडौँ- विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीको विवरण अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा पहिरो र बाढीका कारण यातायात सेवा ठप्प भएको हो।
बागमती प्रदेशको चितवन जिल्लामा पहिरोका कारण पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मिति २०८३ साल कात्तिक २३ गते बिहान ५ बजे इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टे भिरमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।
गण्डकी प्रदेशको गोरखा जिल्लामा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध बनेको छ। मिति २०८३ साल कात्तिक २५ गते बिहान ५:३० बजे आरुघाट गाउँपालिकाको वडा नम्बर २ र ३ स्थित क्षेत्रमा बाढीले असर पुर्याएपछि सो मार्ग बन्द भएको हो।
लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ। मिति २०८३ साल कात्तिक २२ गते राति २२स्१५ बजे कालिगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालिगण्डकी करिडोर सडक खण्डमा पहिरो गएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध रहेको छ।



