‘तीन घुम्ती’ उपन्यास अब नाटकमा

हिमाल प्रेस ३० कार्तिक २०८३ १३:२७ | Monday, November 16, 2026
8
SHARES
‘तीन घुम्ती’ उपन्यास अब नाटकमा

काठमाडौँ- विश्वेश्वरप्रसाद कोइराला (वीपी)को उपन्यास ‘तीन घुम्ती’ नाटकमा हेर्न पाइने भएको छ । कान्तिपुर थिएटरले उपन्यासलाई नाटकको रूपमा प्रस्तुत गर्न लागेको हो ।

सुनैना पन्थीको परिकल्पना तथा निर्देशन रहने नाटकको नाट्य लेखन तथा रूपान्तरण कवयित्री रिमा केसीले गरेकी छन् । यसअघि ‘मिरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’, ‘सेतो धरती’, ‘महाभारत’ र ‘समर लभ’ जस्ता नाटकहरू मञ्चन गरेको थिएटरले दर्शकको चाहना अनुसार यो नाटक मञ्चन गर्न लागेको हो ।

नाटक ‘तीन घुम्ती’ का तीन मुख्य पात्रहरू इन्द्रमाया, पीताम्बर र रमेशको भूमिकाका लागि अडिसन मार्फत कलाकार छनोट गर्न लागिएको छ । अडिसनमा सहभागी हुन इच्छुक कलाकारले ‘तीन घुम्ती’ पुस्तक राम्रोसँग पढेको र पात्रको चरित्र बुझेको हुनुपर्ने सर्त राखिएको छ।

त्यस्तै, अभिनय सिकेको अथवा थिएटर वा फिल्ममा काम गरेको अनुभव हुनुपर्ने एकेडेमीले जनाएको छ ।

प्रकाशित: ३० कार्तिक २०८३ १३:२७ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast