एनपीएलमा घाइते भएपछि एसिया कप राइजिङ स्टार्स सोमपालले गुमाउने, प्रतिशलाई मौका

हिमाल प्रेस ३ मंसिर २०८३ १३:३१ | Thursday, November 19, 2026
6
SHARES
एनपीएलमा घाइते भएपछि एसिया कप राइजिङ स्टार्स सोमपालले गुमाउने, प्रतिशलाई मौका

काठमाडौँ- एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगितामा लिष्टमा परेका अलराउन्ड खेलाडी सोमपाल कामी घाइते भएपछि प्रतिश जीसीलाई छनोट गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सोमपालले खेल्न नसक्ने भएपछि उनको स्थानमा प्रतिशलाई पठाइएको हो।

ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टोलीमा समावेश गरिएको छ। राइजिङ स्टार्स एसिया कप क्रिकेटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोलीका अधिकांश खेलाडी कतार पुगिसकेका छन्।

नेपाली टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव रहेका छन्।

प्रकाशित: ३ मंसिर २०८३ १३:३१ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast