नेपालमा ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, के पानी पर्ला?

हिमाल प्रेस ३ मंसिर २०८३ ६:३२ | Thursday, November 19, 2026
6
SHARES
नेपालमा ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, के पानी पर्ला?

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेशमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

शुक्रबार दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

प्रकाशित: ३ मंसिर २०८३ ६:३२ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast