हिमाल प्रेसकर्मी परियार पुरस्कृत

हिमाल प्रेस २३ असोज २०८३ १९:३७ | Friday, October 9, 2026
हिमाल प्रेसकर्मी परियार पुरस्कृत

बुटवल- हिमाल प्रेसकर्मी विनोद परियार पुरस्कृत भएका छन्।

हिमाल प्रेसका लुम्बिनी संवाददाता परियारलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नो ७३ औँ साधारसभा र २६ औँ अधिवेशनको अवसरमा पुरस्कृत गरेको हो।

औद्योगिक विकासको क्षेत्रमा योगदान गरेवापत संघले परियारलाई पुरस्कृत गरेको छ। परियारलाई संघले नवउद्यमी प्रवद्र्धनमा योगदान गरेवापत नगद, सम्मानपत्र सहित पुरस्कृत गरेको हो।

संघले यसअवसरमा परियारसहित ६ जनालाई पुरस्कृत गरेको छ। पत्रकारहरु रेखा भुसाल, तेजेन्द्र केसी, प्रकाश आचार्य, सुदीप भण्डारी र सन्तकुमार श्रेष्ठ पुरस्कृत भएका हुन्।

यस्तै आर्थिक पत्रकार पुरस्कार स्व. डायलसन अधिकारीलाई मरोपरान्त प्रदान गरिएको छ।

संघमा २०५७ सालदेखि २०७६ सालसम्म सञ्चार समन्वयकर्ताका रुपमा रही आर्थिक सामाजिक तथा औद्योगिक व्यवसायिक क्षेत्रमा संघले उठान गरेका मुद्धा, नीतिगत पैरवी तथा सार्वजनिक बहसमा ल्याई योगदान गरेवापत स्व. अधिकारीलाई मरोपरान्त पुरस्कार प्रदान गरिएको हो।

प्रकाशित: २३ असोज २०८३ १९:३७ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast