दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

हिमाल प्रेस ८ कार्तिक २०८३ २१:५३ | Sunday, October 25, 2026
4
SHARES
दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

खोटाङ– खोटाङमा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैंमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् ।

युवा समूहले दसैंको अवसर पारेर चार दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन् ।

अभियानको पहिलो दिन कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले नि:शुल्क माटरबाइक सेवा सेवा लिएको अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिए ।

‘तेस्रो संस्करणका रुपमा सञ्चालन गरिएको अभियानमा ५० जना राइडर सहभागी भएका थिए । अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईसमेत राइडरका रुपमा खटिनुभएको थियो’, उनले भने, ‘माइती तथा मावली घर जाने आउनेक्रममा नि:शुल्क मोटरबाइक सेवा पाउँदा चेली हर्षित छन् । सामाजिक सेवाभावले सञ्चालन गरिएको अभियान तिहारमा पनि जारी रहन्छ ।’

प्रकाशित: ८ कार्तिक २०८३ २१:५३ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast