नारायणगढ- चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार एक दिन बन्द हुने भएको छ ।
चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको उनको भनाइ छ । बुधबारबाट नियमित सेवा सुचारु हुने कम्पनीले जनाएको छ । रासस
प्रकाशित: २० असोज २०८३ ७:४६ | Tuesday, October 6, 2026
प्रतिक्रिया



