काठमाडौँ– चितवन राइनोजका ओपनर डाविड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी ५१ बलमा ७० रन जोडेर आउट भए ।
उनले ५ चौका र ५ छक्का प्रहार गरे । १३ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले लिए विष्फोटक ब्याटिङ गरिरहेका उनको विकेट लिएका हुन्। अहिले विराटनगर किंग्स र चितवन राइनोजविरुद्ध खेल जारी छ।
प्रकाशित: १० कार्तिक २०८३ १३:३६ | Tuesday, October 27, 2026
प्रतिक्रिया



