रसुवा बाढीपछि कुन कुन सडक छन् अवरुद्ध?

हिमाल प्रेस २४ भदौ २०८३ ७:५९ | Wednesday, September 9, 2026
रसुवा बाढीपछि कुन कुन सडक छन् अवरुद्ध?

काठमाडौँ- वर्षासँगै आएको बाढीपहिरोको कारण आज पनि विभिन्न राजमार्ग अरुद्ध भएका छन्। भोटेकोशी नदीमा आएको बाढीले ध्वस्त बनाउँदा पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्ध छन्।  धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ स्थित कृष्णभीर हुँदै आज पनि गाडी चल्न सकेको छैन।

त्यसैगरी बेनीघाट रोराङ गाउँपालिका १० स्थित ज्वाङ खोला र धादिङकै गजुरी गाउँपालिका २ चालिसेमा आज एकतर्फी मात्रै गाडी चल्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका २ चिसापानीमा पहिरो जाँदा आज पनि धादिङ-काठमाडौँ सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्। आज मुगुमा मुगु-गमगढी सडक, रोल्पामा सहिद राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र दैलेखमा पनि कर्णाली राजमार्ग आज अवरुद्ध छ।

बीपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्डमा रातको समयमा मालबाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालन हुनेगरी पालो मिलाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भदौ २०८३ ७:५९ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast