पुन:स्थापनाको पर्खाइमा बाढी प्रभावित

हिमाल प्रेस २० भदौ २०८३ १५:५६ | Saturday, September 5, 2026
पुन:स्थापनाको पर्खाइमा बाढी प्रभावित

काठमाडौँ- गत भदौ १० गते रसुुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको भैँसेलगायतका क्षेत्रमा ठूलो मानवीय क्षतिका साथै बस्तीहरु बगरमा परिणत भएका छन्।

बाढी आउँदा आफ्नै घर वरपर रहेका केहीले ज्यान जोगाउन सफल भएका छन् भने केही बाढीसँग बगेर बेपत्ता भएका छन्।

बस्तीको बीचमा घर भएका स्थानीय यशोधरा प्याकुरेल छोराहरु सहित बाँच्न सफल त भइन्, तर अन्य परिवार र आफन्तलाई भने बचाउन सकिनन्। बिहान बच्चाहरुलाई विद्यालय पठाउनुअघि खाना खाने तयारीमा रहेकी प्याकुुरेल छोराले बाहिर हेलिकप्टर आयो हेर्न जाउँ भनेपछि बाहिर आएर हेर्दा ठूलो आवाज गरी खोला घरको डिलैमा आइपुुगेपछि बच्चा सहित भागेर ज्यान जोगाउन सफल भएको बताइन्।

अचानक आएको बाढी पसेर बस्ती विनास गर्ला भनेर कहिल्यै नसोचेको अन्य स्थानीयहरुले बताएका छन्। भैँसेस्थित बस्ती खोलाभन्दा लगभग एक किलोमिटर टाढा रहे पनि बाढीको बेग अति नै उच्च र तीव्र भएका कारण बस्ती नै सखाप पारेको एक स्थानीयले बताए।

भैँसेको बस्ती बगाउँदा त्यस क्षेत्रमा सञ्चालनमा रहेको कृषि फार्मका गाइवस्तु लगायत लगभग तीन चार सय जना कामदारसमेत बाढीले बगाएको स्थानीय नारायण गिरीले बताए।

सो क्षेत्रमा केहीको जीवितै उद्धार गरे पनि अधिकांश वेपत्ता भएको स्थानीयहरुले जनाएका छन्। सेनासहितको सुुरक्षा संयन्त्रले मानवीय उद्धारको कार्य गरिरहे पनि हालसम्म भएको धनजनको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन सकेको छैन।

भैँसे आसपासका बस्तीका लगभग दुुईसय घर, पशुफार्म, खेतीयोग्य जमीनमा क्षति भएको अनुमान गरिएको छ। बाढीवाट ज्यान जोगाएकाहरु अहिले उचित आवासका मागसहित पुनःस्थापनाको प्रतिक्षामा रहेका छन्।

भोटेकोशीको बाढीले रसुुवा मात्र नभइ नुवाकोट, धादिङ,गोरखा, चितवनलगायतका तटीय क्षेत्रमा समेत ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ। सरकारले बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार, राहत र पुनःस्थापनाको कार्यलाई निरन्रता दिइरहेको छ।

प्रकाशित: २० भदौ २०८३ १५:५६ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast