काठमाडौँ- इलामको रोङ गाउँपालिका–५ देवनथापस्थित भित्री सडक खण्डको देवनथापबाट ट्र्याक्टर पल्टिदा एकको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मंगलबार साँझ ७:३० बजे देवनथापस्थित भित्री सडक खण्डमा दाउरा बोकेको प्र.१–०४–००१ त १२३६ नम्बरको ट्र्याक्टर आफैं अनियन्त्रित हुँदा मेचीनगर नगरपालिका–५ नकलबन्दा झापाका ४० वर्षीय अमित धिमालको मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ तत्काल इरौटार चौकीबाट प्रहरी र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको प्रहरी टोली पुगेर कानुनी प्रक्रिया पूरा गरी राती अन्दाजी ०१:०० बजे मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रकाशित: ७ असोज २०८३ ८:५९ | Wednesday, September 23, 2026
प्रतिक्रिया


