रसुवाको टिमुरेस्थित सीमानामा नेपालको झण्डा राखियो

हिमाल प्रेस २० भदौ २०८३ १९:२८ | Saturday, September 5, 2026
रसुवाको टिमुरेस्थित सीमानामा नेपालको झण्डा राखियो

काठमाडौँ – रसुवा जिल्लाको टिमुरेस्थित नेपाल–चीन सीमानाकामा नेपालको झण्डा राखिएको छ।

गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी स्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमानाकामा भाद्र २० गते सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलिले झण्डा राखेको हो।

भोटेकोशी नदीमा आएको बाढीपश्चात क्षतिग्रस्त भएको कारण जान नसकेकोमा बीओपी टिमुरेबाट गएको टोलिले जोखिम युक्त भीरबाट ३ किलोमिटर दूरी पार गरी सीमानाकामा झण्डा राखेको हो।

साथै नेपाली सेनाको टोलीसमेत यो स्थानमा पुगी संयुक्त रुपमा नेपाल–चीन सीमामानेपाल तर्फ नेपाली झण्डा राखिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २० भदौ २०८३ १९:२८ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast