सांकेतिक तस्बिर
काठमाडौँ- नेपाल टेलिकमले सोमबारदेखि रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट पुन: सन्चालनमा ल्याएकोछ। यससँगै बाढीबाट प्रभावित भएका १२० साइट मध्ये ११० साइट सुचारु भएका छन् ।
जिबजिबे टावरबाट भोर्ले, चिती, गाइसौरा भोर्ले लगायत नौकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुने टेलिकमले जनाएको छ।
सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपास क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन् । बेनीघाट साइटबाट बेनीघाट बजार लगायत आसपासका क्षेत्र र त्रिशूली साइटबाट त्रिशुली बजार, ढुंगे आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ ।
प्रकाशित: १६ भदौ २०८३ ६:५१ | Tuesday, September 1, 2026
प्रतिक्रिया


