काठमाडौँ- काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले ९ जना एमडी डाक्टरसहितको जनशक्ति माग गरेको छ।
टिचिङ अस्पतालको कर्मचारी प्रशासन शाखाले मंगलबार सूचना जारी गर्दै अस्थायी दरबन्दीमा करार सेवामा चिकित्सकसहितको जनशक्तिको पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको मितिभित्र अनलाइन आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

प्रकाशित: १३ असोज २०८३ ७:३८ | Tuesday, September 29, 2026
प्रतिक्रिया



