संखुवासभामा गोली हानेर शिक्षकको हत्या

हिमाल प्रेस १९ भदौ २०८३ ११:२३ | Friday, September 4, 2026
संखुवासभामा गोली हानेर शिक्षकको हत्या प्रतिनिधिमूलक तस्बिर

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिकामा-१ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या भएको छ।

मकालु-१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुवीर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।

बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो।

विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उनीमाथि गोली प्रहार भएको शिक्षक टीकामाया राईले जानकारी दिएको प्रहरीले जनाएको छ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: १९ भदौ २०८३ ११:२३ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast