प्रधानमन्त्री बालेन मंगलबार न्युयोर्क जाँदै

हिमाल प्रेस २ असोज २०८३ १६:०६ | Friday, September 18, 2026
प्रधानमन्त्री बालेन मंगलबार न्युयोर्क जाँदै

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन यही असोज ६ गते मंगलबार अमेरिकाको न्युयोर्क जाने भएका छन्। प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको साधारण बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर रायलगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहनेछन्।

परराष्ट्रमन्त्री खनाल भने आइतबार न्युयोर्क जानेछन्। उनले महासभाका क्रममा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको मन्लालयले जनाएको छ।

प्रधानमन्त्री शाह १० गते काठमाडौँ फर्कने कार्यक्रम छ।

प्रकाशित: २ असोज २०८३ १६:०६ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast