नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

हिमाल प्रेस २२ भदौ २०८३ १७:२८ | Monday, September 7, 2026
नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि एक करोड ३८ लाख ९९ हजार ४२५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो।

राष्ट्र बैंकको गभर्नर कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि गभर्नर, डिपुटी गभर्नर तथा बैंकमा कार्यरत स्थायी तथा करार तहका कर्मचारीहरूले सामूहिक रूपमा योगदान गरी संकलन गरिएको रकम कोषमा जम्म गरिएको हो।

प्रकाशित: २२ भदौ २०८३ १७:२८ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast