रसुवा बाढीपीडितका लागि नाइमाले दियो ५० लाख रुपैयाँ सहयोग

हिमाल प्रेस २४ भदौ २०८३ १७:०५ | Wednesday, September 9, 2026
रसुवा बाढीपीडितका लागि नाइमाले दियो ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ- रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

नाइमाले यसअघि गरेको निर्णयअनुसार उक्त सहयोग रकम अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी Digipal का तर्फबाट उत्सव कार्की सहभागी थिए।

सहयोग हस्तान्तरणका क्रममा नाइमा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु यसको मुख्य उद्देश्य रहेको बताइन्।

उनले यो सहयोग नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा सरकार तथा प्रभावित समुदायसँग नाइमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरिन्।

सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा.वाग्लेले नाइमा ले प्रदान गरेको सहयोगको प्रशंसा गरे। उनले विपद्को संवेदनशील तथा कठिन अवस्थामा प्राप्त यस्तो सहयोग प्रभावित समुदायका लागि महत्वपूर्ण रहेको बताए।

प्रकाशित: २४ भदौ २०८३ १७:०५ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast