‘कबड्डी ५’मा फर्किइन् काजीकी पुरानी मैयाँ, अब के होला?

हिमाल प्रेस ६ असोज २०८३ ७:४१ | Tuesday, September 22, 2026
‘कबड्डी ५’मा फर्किइन् काजीकी पुरानी मैयाँ, अब के होला?

काठमाडौँ- फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार बिके (विजय बराल)को एआईसँगको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यस्तै, काजी (दयाहाङ राई) र मैयाको इन्ट्री पनि आकर्षक शैलीमा देखाइएको छ । फिल्ममा मैयाको भूमिकामा सिर्जना गुरुङले अभिनय गरेकी छन् ।

त्यसपछि अभिनेता विपिन कार्कीको इन्ट्रीले टिजरलाई थप रोचक बनाएको छ । उनको संवाद बोल्ने शैलीले दर्शकको ध्यान खिच्ने देखिन्छ । अन्तिममा रिश्मा गुरुङको इन्ट्रीसँगै टिजर टुंगिएको छ । टिजर हेर्दा चौथो शृङ्खलामा जहाँ सकिएको थियो फिल्ममा त्यहीबाट नयाँ कथाको सुरुवात गरिएजस्तो देखिन्छ । निर्देशक गुरुङले फिल्मको मामा अघिल्लो शृङ्खलाकै कथालाई निरन्तरता दिइएको बताए ।

बडा दसैँको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंको अभिनय छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ ९एलजी०ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।

फिल्म नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फिल्कले वितरण गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।

 

प्रकाशित: ६ असोज २०८३ ७:४१ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast