‘राहत र पुनर्निर्माणको कठिन यात्रामा सबै एक ठाउँमा उभिन आवश्यक’

नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्सले १० लाख ५१ हजार प्रम कोषमा सहयोग

हिमाल प्रेस २३ भदौ २०८३ १०:३८ | Tuesday, September 8, 2026
‘राहत र पुनर्निर्माणको कठिन यात्रामा सबै एक ठाउँमा उभिन आवश्यक’

काठमाडौँ- भोटेकोशीमा आएको बाढीबाट प्रभावितका परिवारका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा योगदान गरेको जनाएको छ। कम्पनीले विपद्का बेला सामाजिक उत्तरदायित्व र मानवीय ऐक्यबद्धता महत्वपूर्ण हुने उल्लेख गर्दै राहत तथा पुनर्स्थापनाको कठिन यात्रामा सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।

कम्पनीका महाप्रबन्धक जगतबहादुर खड्काले अन्य माध्यम र व्यक्तिगत रूपमा गर्ने सहयोगसँगै कम्पनीमार्फत पनि सरकारको दैवी प्रकोप उद्धार कोषमार्फत पनि सहयोग गर्दा राज्यको काम मा थोपा थपिने बताउँदै यस्तो अवस्थामा सबै एक जुट भएर अघि बढ्न आवश्यक रहेका औल्याए।

प्राकृतिक विपद्ले पुर्‍याएको क्षतिमा मल्हम लगाउन राज्यसँगै निजी क्षेत्र र सामाजिक संस्थाहरूको साथ पनि उत्तिकै महत्वपूर्ण हुने बताउँद खड्काले भने,‘सामाजिक दायित्वलाई आत्मसात् गर्दै नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले राज्यसंयन्त्र मार्फत समेत सहयोगी हात अघि बढाएको हो। हामीले आफ्नो तर्फबाट छुट्टै सहयोग पनि गरिहेका छौँ।’

कम्पनीका अनुसार प्राकृतिक विपद्को कठिन घडीमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउनु सबैको साझा दायित्व हो। सिपिङ तथा एयर लजिस्टिक्स सेवामार्फत वस्तु तथा कार्गो ओसारपसारमा सहजीकरण गर्दै आएको नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स व्यावसायिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्वमा पनि आफ्नो भूमिका खोज्दै आएको संस्था हो।

विपद्का बेला गरिएको सहयोग रकम आर्थिक हिसाबले एउटा योगदान भए पनि त्यसले दिने सन्देश अझ महत्वपूर्ण हुने कम्पनीको भनाइ छ- राहत र पुनर्निर्माणको कठिन यात्रामा समाजका सबै पक्ष एकअर्काको साथमा उभिन पनि खड्काले आग्रह गरेका छन्।

कम्पनीले बाढीबाट ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको पीडा कम गर्न सबैलाई आआफ्नो ठाउँबाट सहयोग र सहकार्यका लागि आह्वान गरेको छ। विपद्को समयमा निजी क्षेत्रबाट आउने यस्ता सहयोगले तत्कालीन राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका काममा पनि टेवा पुग्ने विश्वास गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast