काठमाडौँको त्रिपुरेश्वरमा गुडिरहेको बसमा भएको आगलागी।
काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरको सडकमा आगलागी भएको बसमा चालक मात्र रहेको खुलेको छ।
यात्रु नभएका बेला चालकले नै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा घाइते भएका चालकको अवस्था गम्भीर भएपछि उपचारका निम्ति कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। प्रहरीले चालक आफैले आगो लगाएको आशंका गरेको छ।
प्रकाशित: ५ असोज २०८३ १३:१९ | Monday, September 21, 2026
प्रतिक्रिया


