राजमार्गको अवस्था : कृष्णभीर खुल्दा बेनीघाट अवरुद्ध बन्यो पृथ्वी लोकमार्ग, चामे–बेँसीसहर सडक ठप्प

हिमाल प्रेस १ असोज २०८३ ८:४० | Thursday, September 17, 2026
राजमार्गको अवस्था : कृष्णभीर खुल्दा बेनीघाट अवरुद्ध बन्यो पृथ्वी लोकमार्ग, चामे–बेँसीसहर सडक ठप्प फाइल तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशअन्तर्गत रसुवामा बाढीका कारण मुख्य राजमार्गको सम्पूर्ण सडकखण्ड अवरुद्ध भएको छ । विभागले अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहेको जनाएको छ।

नुवाकोटमा टोखा–छहरे सडकखण्डको शिवपुरी गाउँपालिका–६ धादिङखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै, विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा पहिरोका कारण यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

यस्तै, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ क्षेत्रमा कर्णाली करिडोरसमेत पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभागको विवरणमा उल्लेख छ।

विभागले सम्भावित बाढी, पहिरो तथा जोखिमयुक्त सडकखण्डमा आवश्यक सतर्कता अपनाउन र सडक खुल्ने/बन्द हुने अवस्थाबारे सम्बन्धित निकायको सूचनालाई आधार मानेर यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित: १ असोज २०८३ ८:४० | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast