बाढीपहिरोमा परी मृत्यु भएकाको परिवारलाई गण्डकी सरकारले १ लाख दिने, किरिया खर्चबापत २५ हजार

हिमाल प्रेस १३ असोज २०८३ ८:३९ | Tuesday, September 29, 2026
बाढीपहिरोमा परी मृत्यु भएकाको परिवारलाई गण्डकी सरकारले १ लाख दिने, किरिया खर्चबापत २५ हजार फाइल तस्बिर

काठमाडौँ- गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई १ लाखका दरले राहत दिने निर्णय गरेको छ। किरिया खर्चबापत २५ हजार दिने भएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए । बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको उनले बताए ।

बाढीपहिरोबाट गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ। रासस

प्रकाशित: १३ असोज २०८३ ८:३९ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast