पाल्पा- भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।
तीन सातासम्म उनीहरुको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर परम्पराअनुसार दाहसंस्कार गरेका हुन्।
रिब्दीकोट गाउँपालिका-३ का विकास नेपाल, तिनाउ गाउँपालिका-२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका-७, लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका-३ र वसन्तपुर (कालीगण्डकी गाउँपालिका-३, वइघा, स्याङ्जा) का तिलबहादुर रानाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।
तीन हप्तासम्म सम्पर्कमा नआएपछि हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको उनका आफन्तले बताए।
प्रकाशित: ५ असोज २०८३ १७:३७ | Monday, September 21, 2026
प्रतिक्रिया



