काठमाडौँको त्रिपुरेश्वरमा गुडिरहेको बसमा भएको आगलागी।
काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ।
त्रिपुरेश्वरको राहदानी विभाग नजिकैको सडकमा यात्रु बोकेको गुडिरहेको बसमा आगलागी भएको हो। नेपाल प्रहरीले भने यसको विस्तृत विवरण आइनसकेको जनाएको छ। घटना केही समयअघिको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित: ५ असोज २०८३ १२:४९ | Monday, September 21, 2026
प्रतिक्रिया


