बाढी प्रभावित नुवाकोटको अधिकांश क्षेत्रमा ‘वैकल्पिक विधि’बाट पुर्‍याइयो बिजुली

हिमाल प्रेस १८ भदौ २०८३ ६:५१ | Thursday, September 3, 2026
बाढी प्रभावित नुवाकोटको अधिकांश क्षेत्रमा ‘वैकल्पिक विधि’बाट पुर्‍याइयो बिजुली

काठमाडौँ-नुवाकोटका अधिकांश ठाउँमा वैकल्पिक विधिमा विद्युत आपूर्ति गरिएको छ। भोटेकोशी बाढीका कारण क्षतविक्षत भएको विद्युतीय सेवा नेपाल विद्युत प्राधिकरणले चपली–देवीघाट दायाँ सर्किट चार्ज गरेर आपूर्ति पुनःस्थापित गरेको हो।  हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भई आपूर्ति पहिलेभन्दा थप भरपर्दो र सुधारिएको भोल्टेजसहित सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।

१० भदाैमा भाेटेकोसीमा आएको विनासकारी बाढीले क्षतविच्छेद बनाएको विजुली सुचारु भएपछि बाढी प्रभावित क्षेत्रका नागरिकले राहत महसुस गरेका छन्।

हालै विदुर–६, विदुर–१२ को बाँकी क्षेत्र, विदुर–३ को करिब आधा क्षेत्र, तारकेश्वर–१, ५ र ६, तारकेश्वर–२ र ३, बेलकोटगढी–७सहति थप ३१ वटा ट्रान्सफर्मर चार्ज भएको प्राधिकरणले जनाएको छ।  तर विदुर–३ को बाँकी आधा क्षेत्र, तारकेश्वर–४, किस्पाङ गाउँपालिका, बेलकोटगढी–८, विदुर–१० मा भने ट्रान्सफर्मर चार्ज हुन बाँकी छ।

प्रमुख विद्युत् आपूर्ति मार्ग
६६ केभी चपली–देवीघाट–१: त्रिशूली नदी पार गरी विदुरको करिब आधा क्षेत्र तथा किस्पाङतर्फ आपूर्ति।

६६ केभी चपली–देवीघाट–२: विदुरको अधिकांश भाग, बट्टार तथा आसपासका क्षेत्रमा आपूर्ति।

६६ केभी बालाजु–त्रिशूली–१: कालिका सबस्टेशनमार्फत रसुवाको धुन्चे, नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकातर्फ आपूर्ति।

६६ केभी बालाजु–त्रिशूली–२: चौघडा सबस्टेशनको सम्पूर्ण क्षेत्र तथा समुन्द्रटार सबस्टेशन क्षेत्रतर्फ आपूर्ति।

धादिङबेँसीबाट ३३ केभी: रातमाटे सबस्टेशन चार्ज गरी आपूर्ति सञ्चालनमा ल्याइएको छ।

समग्रमा, नुवाकोटको विद्युत् प्रणाली अहिले करिब ९० प्रतिशत पुनःस्थापित भई आपूर्ति स्थिरता तथा भोल्टेजको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ। बाँकी क्षेत्रमा पनि चार्जिङ तथा आपूर्ति पुनःस्थापनाको कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १८ भदौ २०८३ ६:५१ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast