साउदी अरबको तेल पाइपलाइनमा ड्रोन आक्रमण

हिमाल प्रेस २८ भदौ २०८३ ९:१७ | Sunday, September 13, 2026
साउदी अरबको तेल पाइपलाइनमा ड्रोन आक्रमण फाइल तस्बिर

काठमाडौँ- इराकले साउदी अरबको तेल पाइपलाइनमा ड्रोन आक्रमण गरेसँगै इरानसँगका केही सीमा नाका बन्द भएका छन्। देशभित्र ड्रोन प्रक्षेपणस्थल फेला परेपछि इराकी सरकारले इरान जोड्ने तीनवटा सीमा नाका अस्थायी रूपमा बन्द गरेको एक इराकी सुरक्षा स्रोतले जनाएको छ।

आक्रमणका दोषी भागेर इरान जान सक्ने आशंकामा यी नाका बन्द गर्ने आदेश दिइएको बताइएको छ । बन्द गरिएका नाकामा बसरा प्रान्तको सलामचाह, मैसान प्रान्तको अल–सिब र दियाला प्रान्तको मन्दाली रहेका छन् ।

दक्षिण–पूर्वी प्रान्त मैसानको अल–तायिब सीमा क्षेत्रमा ड्रोन प्रक्षेपण गर्ने उपकरण फेला परेपछि सो क्षेत्रलाई समेत बन्द गरी व्यापक खोजतलास अभियान जारी राखिएको बताइएको छ ।

ईस्ट–वेस्ट तेल पाइपलाइनमाथि बिहीबार आक्रमण भएको थियो । त्यसपछि साउदी अरबले भोलिपल्ट शुक्रबार पाइपलाइन सञ्चालन अस्थायी रूपमा निलम्बन गरिएको घोषणा गरेको थियो ।

यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । इरान समर्थित लडाकुको छाता संगठन ‘इस्लामिक रेसिस्टन्स इन इराक’ ले एक वक्तव्य जारी गर्दै यो आक्रमण आफूले दाबी नगरेको एउटा गौरवको विषय भएको बताएको छ । यद्यपि, साउदी अरबले यसअघि पनि इराकमा रहेका इरान–सम्बद्ध समूहले आफ्ना तेल पूर्वाधारलाई निशाना बनाएको आरोप लगाउँदै आएको छ ।

प्रकाशित: २८ भदौ २०८३ ९:१७ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast