काठमाडौँ- मंगलबार प्रतिनिधिसभामा विधेयकहरू निर्णायक पेस गर्न नसक्दा गठपुरक संख्या पुगेन। जसका कारण विधेयकहरू सरकारले पारित गर्न सकेन। बेलुकासम्म चलेको बैठकमा न्यून सांसद रहेका थिए। जसमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखलाई सांसदको संख्या गन्न अनुरोध गरे। सभामुखले गठपुरक संख्या एकिन गर्दा नपुगेपछि सदन स्थगित भयो।
अहिले सन्जालमा यही विषय चर्चामा छ। कसैले हाजिर गरेर हिँड्ने सांसद भनेका छन् भने सांसदहरूले भने आफ्नो बाध्यता देखाएका छन्। यसै सन्दर्भमा सत्तारुढ सांसद गणेश कार्कीले प्रतिपक्षी सांसद निश्कललाई धन्यवाद भनेका छन्। सार्वजनिकरूपमा माफी माग्दै कार्कीले ‘म आफू दिनभर सदनमा उपस्थित भएको भए पनि अन्यको अनुपस्थितका कारण माफी माग्छु’ भनेका छन्।
उनले अगाडि भनेका छन्,‘गनौं भनेर हाम्रो स्वभाव सार्वजनिक गरिदिएकोमा सांसद निस्कल राईलाई धन्यवाद ।’ कार्कीले पारित गराउनु पर्ने सत्तारुढ सांसदको जिम्मेवारी रहेको थोरै भएर कोरम नपुग्दा आफूले नै लाज मान्नु पर्ने ठाउँ रहेको सुनाएका छन्।



