तिब्बततर्फ पानीको ड्याम फुट्यो, सतर्क रहन प्रहरीको आग्रह

हिमाल प्रेस १२ भदौ २०८३ ११:५४ | Friday, August 28, 2026
तिब्बततर्फ पानीको ड्याम फुट्यो, सतर्क रहन प्रहरीको आग्रह सिन्हवाले प्रसारण गरेको भिडियोबाट लिइएको स्क्रिनसट तस्बिर।

काठमाडौँ- तिब्बततर्फ पानीको ड्याम फुटेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।

प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ जान तथा आवश्यक सूचना जानकारी गराउन अनुरोध गरेको छ।

उद्धार तथा राहत कार्यमा खटिएका सबैलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ।

बुधबार भोटेकोशी–त्रिशूलीमा आएको भीषण जनधनको क्षति भएको छ। उद्धार तथा राहतमा सम्पूर्ण ध्यान केन्द्रित गरिएको छ।

प्रकाशित: १२ भदौ २०८३ ११:५४ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast