आज जनैपूर्णिमा, यस्तो छ तपाईँको राशिफल

हिमाल प्रेस १२ भदौ २०८३ ५:४३ | Friday, August 28, 2026
आज जनैपूर्णिमा, यस्तो छ तपाईँको राशिफल

आज मिति २०८३ साल भदौ १२ गते शुक्रबार । साउन शुक्ल पूर्णिमा तिथि । आज जनैपूर्णिमा हो । तदअनुसार २८ अगस्ट २०२६ । यो राशिफल ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन् । तपाईँको राशिफल यस्तो छ

सुरुमा मेष राशि

कृषि कार्यमा सफलता प्राप्त हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ। मानसिक तनाब यथावत् रहने छ। धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ।

वृष

आकस्मिक धन प्राप्ति हुनेछ। महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। सुख प्राप्त हुनेछ। साथीभाइबाट धोका हुनसक्छ। शत्रुहरु पराजित हुनछन्।

मिथुन

प्रेममा सफलता मिल्नेछ। मनमा हर्ष बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। शैक्षिक क्षेत्रमा सुधार हुनेछ। अनावस्यक खर्च बढ्ने देखिन्छ।

कर्कट

चन्चलता बढ्नेछ। अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ। स्वास्थ्यमा कफको समस्या बढ्नेछ। पारिवारिक सुखप्राप्ति हुनेछ।

सिंह

सन्तानबाट सहयोग मिल्नेछ। महत्वपूर्ण काम सफल हुनेछन्। महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ। राजनैतिक व्यस्तता बढ्नेछ।

कन्या

व्यवसायमा लगानी बढ्नेछ। मानसिक बिचलन रहनेछ। महत्वपूर्ण कार्यमा अवरोध आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ।

तुला

इच्छा शक्ति बढ्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। राजनैतिक क्षमताको विकास हुनेछ। नेतृत्व क्षमता वृद्धि हुनेछ । मानसिक तनाब बढ्नेछ।

वृश्चिक

मेहनत गरे काममा सफलता मिल्नेछ। आलस्यता बढ्नेछ। पद प्रतिष्ठा प्राप्त हुनेछ। पढाई लेखाइमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

धनु

धार्मिक र सामाजिक काममा रुची बढ्नेछ। पारिवारिक सद्भाव कायम रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्न रहनेछ।

मकर

मेहनत गरे महत्वपूर्ण कार्य बन्नेछन्। सामाजिक कार्यमा सफलता मिल्नेछ। आय आर्जनका स्रोत फेला पर्नेछन्। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कुम्भ

व्यवसायमा सफलता प्राप्त हुनेछ। साथीभाईसँग भेटघाटमा मन प्रसन्न रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ।

मीन

साथीभाईको सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ। सामाजिक कार्य बढ्नेछन्।

प्रकाशित: १२ भदौ २०८३ ५:४३ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast