जेनजीका माग सम्बोधन गर्न विशेष कार्यदल

हिमाल प्रेस ८ भदौ २०८३ २१:१६ | Monday, August 24, 2026
जेनजीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ- जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार उनको कार्यकक्षमा भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभा सदस्य, मुख्य सचिव, गृहसचिव तथा जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो।

छलफलमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट गत मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता तथा गत असार १८ गते स्वीकृत २४ बुँदे प्रस्ताव कार्यान्वयनको अवस्थाबारे विचार आदानप्रदान भएको थियो।

माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा गठित सहजीकरण समितिलाई जेनजीसम्बन्धी विषयमात्र कार्यान्वयन गर्ने विशेष कार्यदलका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ।

छलफलमा जेनजी परिषद् घोषणा, जेनजी सहिद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेनजीको शालिक निर्माण तथा जेनजी पार्क निर्माणलगायत विषयमा विचार आदानप्रदान भएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ भदौ २०८३ २१:१६ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast