उद्धारको पर्खाइमा रहेकालाई धुवाँ निकालेर संकेत गर्न आग्रह

हिमाल प्रेस १० भदौ २०८३ १६:४४ | Wednesday, August 26, 2026
उद्धारको पर्खाइमा रहेकालाई धुवाँ निकालेर संकेत गर्न आग्रह रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुंगेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका नागरिकलाई आफ्नो स्थान चिनाउन आगोको धुवाँ निकालेर संकेत गर्न आग्रह गरेको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा खोज तथा उद्धार कार्य तीव्र पारिएकाले उद्धार टोलीको ध्यानाकर्षण गराउन यस्तो उपाय अपनाउन अनुरोध गरिएको हो।

प्राधिकरणले हेलिकोप्टर र ड्रोन प्रयोग गर्ने संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरेर उद्धारमा सहयोग गर्न पनि आग्रह गरेको छ।

वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत सम्बन्धित संस्थालाई उद्धार अभियानमा सक्रिय हुन अनुरोध गरिएको छ।

प्रकाशित: १० भदौ २०८३ १६:४४ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast