‘द भ्वाइस किड्स’ वाङ्देन शेर्पाले पहिलो पटकमै जिताए आफ्नो प्रतिनिधि, सुवासना खड्का बनिन् विजेता

हिमाल प्रेस ३१ साउन २०८३ ७:५२ | Sunday, August 16, 2026
6
SHARES
‘द भ्वाइस किड्स’ वाङ्देन शेर्पाले पहिलो पटकमै जिताए आफ्नो प्रतिनिधि, सुवासना खड्का बनिन् विजेता

काठमाडौँ- गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् ।

उपाधि जितेपछि सुवासनाले टिम वाङ्देनलाई जसरी पनि विजेता बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताइन् । पहिलोपटक शोमा कोच बनेका वाङ्देनले सुवासनाको जितलाई सपनाजस्तो लागेको प्रतिक्रिया दिए ।

ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले फिनालेमा प्रस्तुति दिएका थिए ।

उपाधिसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

प्रकाशित: ३१ साउन २०८३ ७:५२ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast