थवाङ पहिरो : मृतकको संख्या १२ पुग्यो

हिमाल प्रेस ३० साउन २०८३ २०:३८ | Saturday, August 15, 2026
12
SHARES
थवाङ पहिरो : मृतकको संख्या १२ पुग्यो

काठमाडौँ‍- रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ।

योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एक जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी बेपत्ता भएका थवाङ–५ कोटलबारा निवासी अन्दाजी ८० वर्षीय अजम्बर पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा फेला परेको हो।

फेला परेको शव मृतकका भतिजा सुशील पुनले अजम्बर पुनमगरकै भएको सनाखत गरेको प्रहरीले जनाएको छ।

पहिरोमा परी थवाङ–५ निवासी अन्दाजी ९ वर्षीय अशिम पुनमगर अझै बेपत्ता छन्।

प्रकाशित: ३० साउन २०८३ २०:३८ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast