‘धनुषाको समस्या समाधान नगरी जनकपुरबाट जान्न’

हिमाल प्रेस १६ साउन २०८३ १८:१७ | Saturday, August 1, 2026
8
SHARES
‘धनुषाको समस्या समाधान नगरी जनकपुरबाट जान्न’

काठमाडौँ- धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिहरुले आफ्नो मागबारे सरकारलाई जानकारी गराएका छन्।

शनिबार जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङसँगको पहिलो चरणको वार्ताका क्रममा हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिहरुले आफ्नो मागबारे जानकारी गराएका हुन्।

हिन्दूवादी संगठनका पदाधिकारीहरुले, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, घाईतेलाई क्षतिपूर्ति दिनुपर्ने, ढुंगामुढा गर्ने मुस्लिममाथि कारबाही गर्नुपर्ने, लाउड स्पिकर बजाउन प्रतिबन्ध लगाउनुपर्नेलगायतका मागहरु अघि सारेका छन्।

गृहमन्त्री गुरुङले धनुषाको समस्या समाधान नभएसम्म आफू जनकपुरधामबाट नजाने भन्दै सहमतिका लागि गम्भीर प्रयास गर्ने बताएका छन्।

पहिलो चरणको वार्ता सकिएसँगै दोश्रो चरणको वार्ताको तयारी भएको छ। अर्को वार्ता आजै हुने बताइएको छ।

वार्तामा गृहमन्त्री गुरुङसहित, रास्वपाका सांसद मनिष झा, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलसहित सुरक्षा निकायका पदाधिकारीसमेत सहभागी छन्।

प्रकाशित: १६ साउन २०८३ १८:१७ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast