काठमाडौँ- नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुले संयुक्त रुपमा काठमाडौँमा सद्भाव र्याली निकालेका छन्।
जातीय, धार्मिक सहिष्णुता र शान्तिका लागि भन्दै कांग्रेसका भातृ संस्थाहरुले शनिबार काठमाडौँको प्रदर्शनीमार्गमा सद्भाव र्याली निकालेका हुन्।
र्यालीमा सहभागीहरूले ‘क्रोध छोडौं करुण रोजौं, एक अर्कालाई जित्ने होइन, एक अर्कालाई बुझ्ने प्रयास गरौं, सद्भाव रोजौं, द्वन्द्व होइन’ लगायत लेखिएका प्लेकाड प्रदर्शन गरेका थिए।
साथै उनीहरुले शान्तिको आह्वान गर्दै सरोकारवाला निकायलाई जिम्मेवार हुन आग्रहसमेत गरेका छन्।
प्रकाशित: १६ साउन २०८३ १६:४९ | Saturday, August 1, 2026
प्रतिक्रिया


