सांसद राना र थापाले प्रयोग गरेका सात शब्द संसद्को अभिलेखबाट हटाइयो

हिमाल प्रेस ८ भदौ २०८३ १७:३५ | Monday, August 24, 2026
सांसद राना र थापाले प्रयोग गरेका सात शब्द संसद्को अभिलेखबाट हटाइयो

काठमाडौँ- प्रतिनिधिसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर र नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रयोग गरेका सात शब्द संसद्को अभिलेखबाट हटाइएको छ।

सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राना मगरले भदौ १ गते प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ तथा थापाले भदौ ३ गते प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए।

सभामुख अर्यालले छिमेकी मित्रराष्ट्रको शासकीय अभ्यासका विषयलाई गलत अर्थ लाग्ने गरी नेपालको शासकीय अभ्याससँग जोडेर उल्लेख नगर्न पनि सांसदहरूको ध्यानाकर्षण गराए।

उनले संसद्‌मा मर्यादित र सान्दर्भिक भाषा प्रयोग गर्न सांसदहरूलाई आग्रह गर्दै अमर्यादित तथा अनावश्यक शब्द अभिलेखमा नराखिने बताए।

प्रकाशित: ८ भदौ २०८३ १७:३५ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast