बाढी प्रभावित क्षेत्रमा उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, गृहमन्त्रीले दिए आवश्यक निर्देशन

हिमाल प्रेस १० भदौ २०८३ १५:३७ | Wednesday, August 26, 2026
बाढी प्रभावित क्षेत्रमा उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, गृहमन्त्रीले दिए आवश्यक निर्देशन

काठमाडौँ- सरकारले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का सुरक्षा टोली परिचालन गरेको छ।

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धारमा खटिने सुरक्षा टोलीलाई ब्रिफिङ गर्दै उद्धार, राहत र खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका हुन्।

गृहमन्त्रीको सचिवालयका अनुसार उनले प्रभावित क्षेत्रमा सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन जोड दिएका छन्।

सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति र सामग्री परिचालनलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित: १० भदौ २०८३ १५:३७ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast