संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं : सांसद आचार्य

हिमाल प्रेस २५ साउन २०८३ १६:०१ | Monday, August 10, 2026
8
SHARES
संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं : सांसद आचार्य

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं सांसद विपिन आचार्यले संसदको कामकारबाहीलाई थप सिर्जनशील, प्रभावकारी र जनमुखी बनाउन संसदीय सुधार समिति गठन गर्न प्रस्ताव गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले वर्तमान संसदीय अभ्यास प्रभावकारी हुन नसकेको भन्दै त्यसको समीक्षा र सुधारका लागि सबै सांसदको सहभागितामा पहल गर्नुपर्ने बताए। उनले आफूले लामो समयदेखि संसद्को अभ्यास कर्मकाण्डी बन्दै गएको विषय उठाउँदै आएको बताए।

‘मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु। संसद्‌मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु,’ उनले भने। आचार्यले वर्तमान संसदीय अभ्यासप्रति सांसदहरू नै कति सन्तुष्ट छन् भन्ने विषयमा सर्वेक्षण गर्नुपर्ने प्रस्तावसमेत अघि सारे।

‘अब एकपटक सबै सांसदहरूबीच सर्वेक्षण (पोलिङ) गर्नुपर्छ। के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ?’ उनले प्रश्न गरे।

यदि वर्तमान अभ्यासबाट अधिकांश सांसद सन्तुष्ट छन् भने आफूलाई कुनै समस्या नरहेको तर आफ्नो जस्तै धारणा धेरै सांसदको भए संसदीय अभ्यास सुधारका लागि सामूहिक रूपमा काम गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २५ साउन २०८३ १६:०१ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast