जसपा नेपालले फिर्ता लियो लुम्बिनीका मुख्यमन्त्रीलाई दिएको समर्थन

हिमाल प्रेस १ भदौ २०८३ १२:११ | Monday, August 17, 2026
जसपा नेपालले फिर्ता लियो लुम्बिनीका मुख्यमन्त्रीलाई दिएको समर्थन

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको ‘समर्थन फिर्ता’ लिएको छ ।

जसपा नेपालका महासचिव सुरेन्द्रकुमार झाका अनुसार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिएको हो ।

“मा. चेतनारायण आचार्यज्यूले लिनुहुने विश्वासको मतको विपक्षमा मतदान गर्न जसपा, नेपालका लुम्बिनी प्रदेशसभा सदस्यज्यूहरूलाई पार्टीको निर्णयअनुसार निर्देश गरिन्छ,” प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र प्रदेशसभा सांसदलाई महासचिव झाले लेखेको पत्रमा भनिएको छ ।

प्रकाशित: १ भदौ २०८३ १२:११ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast