इटहरीको जनता माविले गर्‍यो रसुवाका बाढीपीडितलाई १ लाख ४० हजार सहयोग

हिमाल प्रेस १५ भदौ २०८३ ११:४६ | Monday, August 31, 2026
इटहरीको जनता माविले गर्‍यो रसुवाका बाढीपीडितलाई १ लाख ४० हजार सहयोग सुनसरीको इटहरीस्थित जनता माविमा बिहानी प्रार्थनासभामा विद्यार्थी। तस्बिर : विवेक विवश रेग्मी

इटहरी- इटहरीको जनता माध्यमिक विद्यालयले रसुवाका बाढीपीडितका लागि १ लाख ४० हजार ८०९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा सोमबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले उक्त रकम राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको हो।

दंगालले विपद्को यस घडीमा देशभरका सामुदायिक विद्यालयलाई बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्न अपिल गरेका छन्।

उनले विपद्पीडितको सहयोगमा शैक्षिक समुदाय एकताबद्ध हुनुपर्ने भन्दै आआफ्नो क्षमता अनुसार सहयोग जुटाउन सबै सामुदायिक विद्यालयलाई आग्रह गरेका छन्।

प्रकाशित: १५ भदौ २०८३ ११:४६ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast