एनपीएलमा आज २ खेल हुँदै, दिउँसो जनकपुर र काठमाडौँ भिड्ने, बेलुका विराटनगर र कर्णालीको भेट

हिमाल प्रेस १२ कार्तिक २०८३ ६:३० | Thursday, October 29, 2026
10
SHARES
एनपीएलमा आज २ खेल हुँदै, दिउँसो जनकपुर र काठमाडौँ भिड्ने, बेलुका विराटनगर र कर्णालीको भेट

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो । जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।

यसैगरी आजै साँझ ५ बजे कर्णाली र विराटनगर बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर किंग्स पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो ।

जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो । जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।

प्रकाशित: १२ कार्तिक २०८३ ६:३० | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast