मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

हिमाल प्रेस १२ कार्तिक २०८३ ७:४७ | Thursday, October 29, 2026
8
SHARES
मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

काठमाडौँ– मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना युवक घाइते भएका छन्।

बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा गएराति

बा.प्र.०२-०५५ प १६३९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पम्फा बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते बोटेको उपचारका क्रममा गएराति नौ बजेतिर मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र पछाडि सवार १८ वर्षीय मन्दिप घिमिरे घाइते भएका छन्।

घाइते दुवैको लक्ष्मी सिटी अस्पताल डुम्रे, तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १२ कार्तिक २०८३ ७:४७ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast