बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहित स्वास्थ्य टोली परिचालन

हिमाल प्रेस १० भदौ २०८३ १६:४० | Wednesday, August 26, 2026
बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहित स्वास्थ्य टोली परिचालन

मकवानपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढी तथा अन्य विपद् प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा विस्तार गर्न विभिन्न अस्पतालबाट चिकित्सकसहित स्वास्थ्य टोली परिचालन गरेको छ।

स्वास्थ्य सचिव डा.सुमित्रा गौतमको संयोजनमा प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्य सहायक र प्राविधिकसहितका टोली खटाइएको हो।

भक्तपुर अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा.दिवाकर सुवेदी, जनरल सर्जन डा.विजय भट्ट, मेडिकल अधिकृत डा.कविकान्त चौधरीसहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ।

त्यस्तै, टोखा चण्डेश्वरी अस्पतालबाट मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मण खड्का नेतृत्वको टोली त्रिशूली क्षेत्रमा परिचालन गरिएको छ भने बज्रबाराही अस्पतालबाट पनि अर्को आकस्मिक स्वास्थ्य टोली खटाइएको छ।

प्रकाशित: १० भदौ २०८३ १६:४० | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast