विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको आग्रह

हिमाल प्रेस १२ भदौ २०८३ १३:५१ | Friday, August 28, 2026
विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको आग्रह

काठमाडौँ- नेपाल सरकारले विपद् प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनामा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको भए पनि केही व्यक्ति, समूह तथा संस्थाले सहयोग रकम व्यक्तिगत बैंक खाता र व्यक्तिगत QR Code मार्फत जम्मा गरिरहेको जानकारी आएको उल्लेख गरिएको छ।

कार्यालयले विपद्को विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन तथा सम्बन्धित वित्तीय निकायबाटै खर्चको सुनिश्चितताका लागि सरकारी आधिकारिक खातामार्फत सहयोग गर्न आग्रह गरेको छ।

सरकारले सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई ‘PRIME MINISTER DISASTER RELIEF FUND’ वा ‘DISASTER RELIEF FUND’ नाममा रहेको आधिकारिक बैंक खातामा तथा PDPQ मार्फत मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ।

विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न इच्छुक सबैलाई यस्तो आग्रह गरिएको हो।

सरकारले व्यक्तिगत बैंक खाता वा व्यक्तिगत QR Code मा रकम जम्मा नगरी आधिकारिक राहत कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित: १२ भदौ २०८३ १३:५१ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast