सरकारसमक्ष गगनको माग : लाल आयोगको प्रतिवेदन विलम्ब नगरी सार्वजनिक गरौँ

हिमाल प्रेस ८ भदौ २०८३ ११:४२ | Monday, August 24, 2026
सरकारसमक्ष गगनको माग : लाल आयोगको प्रतिवेदन विलम्ब नगरी सार्वजनिक गरौँ

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

उनले विलम्ब नगरी २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘यसर्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ : अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो।’

२०७३ असोजमा मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी र मानवअधिकार उल्लंघनका घटना छानबिन गर्न उक्त आयोग गठन गरिएको थियो ।

प्रकाशित: ८ भदौ २०८३ ११:४२ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast