उपत्यकाका पाँच स्थानबाट ग्यास वितरण, नागरिकता अनिवार्य

हिमाल प्रेस ३० साउन २०८३ १६:२५ | Saturday, August 15, 2026
8
SHARES
उपत्यकाका पाँच स्थानबाट ग्यास वितरण, नागरिकता अनिवार्य

काठमाडौँ- नेपाल आयल निगमले उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री वितरण गरेको छ।

खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन निगमले यसअघि टेकुबाट मात्रै बिक्री वितरण गर्दै आएकोमा शनिबार उपत्यकाका विभिन्न पाँच स्थानबाट बिक्री वितरण गरेको हो।

निगमले टेकु कार्यालय, यातायात कार्यालय परिसर चाबहिल, बसुन्धरास्थित राधास्वामी परिसर, राधास्वामी परिसर कीर्तिपुर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट ग्यास बिक्री वितरण गरेको छ।

खुला स्थानमा ग्यास बिक्री वितरण भएसँगै उपभोक्ताहरु खाली सिलिण्डर बोकेर ग्यास लिन पुगेका थिए। ग्यास खरिद गर्न चाहने अति आवश्यक भएका व्यक्तिहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने निगमले जनाएको छ।

ग्यासको अभाव हुन नदिन आगामी दिनमा निरन्तर रुपमा सहज बिक्रि बितरणको व्यवस्था गर्ने समेत निगमले जानकारी दिएको छ।

प्रकाशित: ३० साउन २०८३ १६:२५ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast