परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता

हिमाल प्रेस १५ भदौ २०८३ २०:२५ | Monday, August 31, 2026
परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी राज्यमन्त्री डा. मरियम बिन्त अली बिन नासेर अल-मिसनदबीच टेलिफोन वार्ता भएको छ।

परराष्ट्रमन्त्री खनाललाई राज्यमन्त्री डा. अल-मिसनदले नेपालमा बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

वार्ताका क्रममा राज्यमन्त्री अल-मिसनदले विपद्बाट ठूलो संख्यामा भएको जनधनको क्षति तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरे।

वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा राज्यमन्त्री अल-मिसनदले व्यक्त गरेको समवेदना, सहानुभूति र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्। उनले कतार सरकारले नेपाललाई उपलब्ध गराएको सहयोग तथा समर्थनप्रति धन्यवाद व्यक्त गरे।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो।

प्रकाशित: १५ भदौ २०८३ २०:२५ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast