हेर्नुस् आजको राशिफल

हिमाल प्रेस २४ साउन २०८३ ६:२१ | Sunday, August 9, 2026
6
SHARES
हेर्नुस् आजको राशिफल

मेष: सफल यात्राको योग देखिन्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय मधुर रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: आँटेको र ताकेको पूरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक कामको दायित्व बढ्नुका साथै महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नुका साथै स्वादिष्ट भोजनको आनन्द पाइएला।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: स्थानान्तरण र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनुका साथै सहयोगीहरूले साथ दिनेछन्। बोलीको प्रभावले कार्य सम्पादन हुनेछ। कसै-कसैका लागि सन्तान सुखको योगसमेत देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला। शरीरमा स्फूर्ति र उमङ्गको कमी महसुस हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत रहनुहोला। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ, यद्यपि मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

सिंह: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कन्या: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। परिश्रमअनुसार उपलब्धि राम्रै मिल्नेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग छ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

तुला: राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि जाग्नेछ। मनको शान्ति नै साँचो सफलता हो।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक: सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ सम्बन्ध जोडिन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: लाभदायक यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा र पारिवारिक भेटघाटमा रमाइन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर: रोकिएका काम सुचारु हुने छन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। बोली बिक्ने समय छ। रमाइलो यात्रा हुने योग छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक भइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ। कमजोर भएको अनुभूति हुनेछ। आर्थिक कारोबारमा विवाद पर्ला। कतै घुम्न जाने योजना बन्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन्। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रकाशित: २४ साउन २०८३ ६:२१ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast